0
Shares
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली विरामी परेका छन् । उनी विरामी भएसँगै गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अनुपस्थित भएका छन् ।
ओलीलाई रुघाखोकीले सताएको उनको सचिवालयले जनाएको छ । ओली विरामी भएका कारण उपस्थित हुन नसकेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा महाधिवेशन प्रतिनिधि परिषद्को बैठक जारी छ ।
एमाले केन्द्रीय सदस्य विष्णु रिमालले आफ्नो सामाजिक सञ्जालमा भनेका छन्, ‘अध्यक्ष कमरेड केपी शर्मा ओली अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि वरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलको अध्यक्षतामा महाधिवेशन प्रतिनिधि परिषद्को आजको बैठक सुरु भएको छ ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्षा ओलीले दुई पटक मृर्गौला फेरेका छन् । जसका कारण उनले स्वास्थ्यमा उच्च सतर्कता अपनाउँदै आएका छन् ।