सोकोनसँग हर्षोत्सव: दसैं तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

0 Shares

काठमाडौं । यो दसैंमा सोकोन नेपालले खुशियालीको पर्वलाई अझ विशेष बनाउन आफ्नो ईभी भ्यान खरिद गर्नेका लागि विशेष अफर ल्याएको छ । ग्राहकहरूले नयाँ ईभी भ्यान खरिद गर्दा उपहार, फाइनान्सको सजिलो सुविधा र निश्चिन्तताको अनुभव प्राप्त गर्न सक्ने छन् ।

यस अफरअन्तर्गत खरिदकर्ताले यामाहा बाइक, टेलिभिजन र वासिङ मेसिन जस्ता उपहार पाउने छन् । यी उपहारले दसैं–तिहारलाई अझ रमाइलो बनाउनुका साथै सोकोन ईभी भ्यानमा भ्याल्यु पनि थप्ने छन् । ईभी भ्यान बुकिङ गर्दा ग्राहकलाई सामसुंग ग्यालेक्सी स्योरशट उपहारका रूपमा दिइने छ । यसले ग्राहकलाई सजिलै बुकिङ गर्न र चाडपर्वको तयारी गर्न सहयोग पुर्‍याउने छ ।

यस स्किममा १ वर्षको फुल इन्स्योरेन्स (अटो प्लस) समावेश छ । जसले नयाँ भ्यानमा निश्चिन्तताको अनुभव दिन्छ । साथै, क्यासलेस इन्स्योरेन्स पनि निःशुल्क उपलब्ध छ । यसले इन्स्युरेन्स क्लेम गर्न झन् सजिलो बनाउँछ ।

विशेष दसैं अफरको फाइदा स्वरूप यो आर्थिक वर्षको सम्पूर्ण रोड ट्याक्स पनि सोकोनले नै व्यहोर्ने छ जसले गर्दा ग्राहकलाई चाडपर्वको बेलामा थप आर्थिक बोझबाट मुक्त बनाउने छ । यो भनेको गाडी किन्न सजिलो र फाइदाजनक बनाउने सोकोनको प्रतिबद्धताको केवल एक झलक हो ।

यो चाडपर्व अफर केवल उपयोगी सुविधा दिन मात्र नभई चाडपर्वलाई झन् उत्साहपूर्ण बनाउन ल्याइएको हो । उपहार, इन्स्योरेन्स र फाइनान्सको सहजता मिसाएर सोकोनले ग्राहकलाई आधुनिक मोबिलिटी र दिगो यातायातको साथमा दशैं मनाउने अवसर दिएको छ ।

यस लिमिटेड टाइम फेस्टिभ अफरको फाइदा उठाउन सोकोनले सबैलाई हार्दिक निमन्त्रणा गर्दछ। यो दशैंलाई साँच्चै यादगार बनाउन आजै नजिकैको सोकोन शो–रुममा पुग्नुहोस् र उपहारसहित नयाँ ईभी भ्यान घर ल्याउन सकिन्छ ।

सम्बन्धित समाचार