यती एयरको ‘फ्लाई नाउ, पे लेटर’ योजना, ग्लोबल आइएमई बैंकसँग सहकार्य

0 Shares

काठमाडौं। वायुसेवा प्रदायक यती एयरलाइन्सले ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा ‘अहिले उडान भरौं, पछि पैसा तिरौं’ (फ्लाई नाउ, पे लेटर) योजना सार्वजनिक गरेको छ।

कम्पनीले वेबसाइटमार्फत सार्वजनिक गरेको योजनाअनुसार आइएमई बैंकको भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले यो सुविधा लिन सक्नेछन्।

बैंकका ग्राहकले क्रेडिट कार्डमार्फत भुक्तानी गरेर टिकट खरिद गरे ३ देखि ६ महिनाको अवधिसम्म उधारो सुविधा पाउनेछन्। यस्तो सुविधाका लागि अनिवार्य यती एयरलाइन्सकै वेबसाइट वा एप्समार्फत टिकट खरिद गर्नुपर्नेछ।

टिकटको मूल्य र ग्राहकले खर्चिने रकम एवं क्रेडिट कार्डको उधारो सीमाको आधारमा यस्तो सुविधा तय गरिने कम्पनीले जनाएको छ। सम्बन्धित ग्राहकले ३ देखि ६ महिनाभित्र उधारो टिकट खरिदबापतको रकम भुक्तानी गर्दा अतिरिक्त शुल्क लाग्ने छैन।

सम्बन्धित समाचार