0
Shares
काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपाल (एमबीएएन)ले १६औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडौंको अल्फट होटलमा सम्पन्न साधारण सभामा सबै मर्चेन्ट बैंकिङ्ग संस्थाका प्रतिनिधि र सदस्यको उपस्थिति थियो ।
सभाले आर्थिक वर्ष २०८१/८२ को एमबीएएनका गतिविधि र उपलब्धिको समीक्षा गर्नुका साथै चालू आर्थिक वर्षका लागि वार्षिक कार्यक्रम र बजेटलाई अनुमोदन गरेको छ । एमबीएएनले नेपालको मर्चेन्ट बैंकिङ्ग व्यवसायमा व्यावसायिकता र दिगो वृद्धिलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता जनाएको छ ।
नेपालको मर्चेन्ट बैंकिङ व्यवसायमा वर्तमान मुद्दा, चुनौती र भविष्यका रणनीतिक योजनाबारे छलफल भएको थियो । सभाले एसोशिएसनको नाम तथा थप आवश्यक संशोधन गरेको छ ।
साथै, कार्यक्रममा पुँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिकालाई सुदृढ गर्ने नीति गत विषयमा पनि छलफल गरिएको थियो ।