0
Shares
काठमाडौं । आज आइतबार सुनचाँदीको भाउ वृद्धि भएको छ । शुक्रबार प्रतितोला २ लाख १६ हजार रुपैयाँमा किनबेच भएको सुनको आउ आज १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ ।
यस दिन एक तोला सुनको भाउ २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।
आज एकैदिन ४० रुपैयाँले वृद्धि भएर चाँदीको भाउ तोलाको २ हजार ६२० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस अघि भदौ ३१ गते एक तोला चाँदीको मूल्य २ हजार ५९५ रुपैयाँ पुगेको थियो ।