0
Shares
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको सेवा शुक्रबार बिहान तीन घण्टा अवरुद्ध हुने भएको छ ।
एनसेलले शुक्रबार बिहान १ देखि ४ बजेसम्म नियमित सुधार प्रक्रियाअन्तर्गत प्राविधिक काम गर्ने भएकाले सेवा अवरुद्ध हुने जनकारी दिएको हो ।
यस अवधिमा रिचार्ज, प्याक सेवा सुचारुका साथै एनसेल एप, च्याट, कोडहरु र वेबसाइटमार्फत उपलब्ध हुने सेवाहरू अवरुद्ध रहने जानकारी एनसेलले गराएको छ ।
एनसेलले आफ्ना ग्राहकहरुलाई भरपर्दो सेवा प्रदान गर्न सधै प्रतिबद्ध रहने जनाएको छ ।