काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको १९औँ वार्षिक साधारण सभा कम्पनीको रजिर्ष्टड कार्यालयमा सम्पन्न भएको छ । सभाले आ.व.२०८१/८२ को मुनाफाबाट १६ प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ ।
सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावमा आ.व. २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आसाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गरेको छ । साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गरेको छ ।
नेपा लधितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डिम्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सहलगानी रहेको छ ।
काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।
काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापकको सेवा सिटिजन्स बैंकका देशभरिका सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गरी इच्छुक लगानीकर्तालाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।