मकवानपुरमा श्रीमानलाई बाँधेर सुत्केरी महिलामाथि बलात्कार

0 Shares

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

राक्सिराङ गाउँपालिकाका अनुसार २७ भदौ शुक्रबार बेलुका राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा करिब २४ वर्षीया महिलामाथि बलात्कार भएको हो ।

आर्थिक अवस्था कमजोर भएको परिवारकी उनलाई एक अपरिचित व्यक्ति घरमै पुगेर बलात्कार गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । ‘आफूमाथि बलात्कार गरेको भनेर पीडित महिलाले हामीलाई भनेकी हुन’, अध्यक्ष मल्लले भने ।

प्रष्टसँग बोल्नसमेत नसक्ने उनका श्रीमानलाई बाँधेर श्रीमतीलाई बलात्कार गरेको अध्यक्ष मल्लले बताए । पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी महिलासहित परिवार प्लास्टिकले ओत लगाइएको छाप्रोमा बस्दै आएको छ ।

आर्थिक अभावले खानेकुरासमेत नभएकोले सुत्केरी हुँदा गाउँपालिकाले आर्थिकसहित पौष्टिक आहार सहयोग पनि गरेको थियो ।

 

सम्बन्धित समाचार