0
Shares
काठमाडौं । नेकपा (एमाले)निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनिनय (अनेरास्ववियु)को अध्यक्ष पदबाट राजीनामा दिएका डा. सुजन कडरिया कार्यालय फर्किन खोजेपछि विवाद भएको छ ।
जेन–जी आन्दोलनका क्रममा १९ जना युवाको ज्यान गएपछि आफ्नो पार्टीले नेतृत्व गरेको सरकारप्रति असन्ततुष्टि व्यक्त गर्दै कडरियाले पदबाट राजीनामा दिनुका साथै एमाले परित्याग गरेका थिए । तर, उनले राजीनामा दिएको दुई दिनपछि अरुको दबाबमा सो निर्णय गर्न पुगेको दाबीसहित पार्टीमा फर्किएको बताएका थिए ।
अनेरास्ववियुमै रहेको दाबी गरेका उनी कार्यालय फर्किन खोजेपछि आज कार्यकर्ताले उनको फोटो र नेम प्लेट भुइँमा फ्याँकेर लात्ती हानेका छन् । जेनजीबाट आत्तिएर अध्यक्ष पदबाट राजीनामा दिएकाले कुनै हालतमा संगठनको नेतृत्व गर्न नसक्ने कार्यकर्ताहरुले आरोप लगाएका छन् ।