कुलमानलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने जेनजीको निर्णय

0 Shares

काठमाडौं । जेनजी नेपालले कुलमान घिसिङलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने निर्णय गरेको छ।

जेनजी नेपालले आज एक विज्ञप्ति जारी गर्दै अन्तरिम सरकारको नेतृत्वमा घिसिङलाई पठाउने निर्णय भएको जानकारी गराएको हो।

‘बालेन्द्र साहले रुचि नदेखाउनुभएको, हर्क साम्पाङले सबैलाई नेतृत्व गर्न सक्ने सम्भावना कम भएको र सुशीला कार्की अयोग्य तथा ७० वर्ष उमेर माथिको हुनुभएकोले नेपाललाई लोडसेडिङबाट मुक्त गराउने, देशभक्ति व्यक्ति, सबैले रुचाएको इन्जिनियर कुलमान घिसिङलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित समाचार