सुनको मूल्य घट्यो, कारोबार कतिमा हुँदैछ ?

0 Shares

काठमाडौं । सुनको मूल्य आज घटेको छ। सुनको मूल्य आज तोलामा पाँचसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य आज तोलाको दुईलाख १४ हजार दुईसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य २ लाख १४ हजार सातसय रुपैयाँ थियो। यो नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य आज तोलाको दुई हजार पाँचसय पाँच रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ।

सम्बन्धित समाचार