0
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन। प्रधानमन्त्रीले हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःख व्यक्त गर्दै सर्वदलीय बैठक बोलाएका हुन्।
कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी अपनाउने विधि भएको उल्लेख गरेका छन्।
उत्पन्न परिस्थितिको मूल्यांकन गर्न र सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग संवादमा रहेको उल्लेख गर्दै उनले आजै साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका हुन्।