0
Shares
काठमाडौं। आन्दोलनरत जेनजीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ९बालेन०लाई आज २ बजेसम्म अल्टिमेटम दिएको छ।
सामाजिक सञ्जालमा आन्दोलनको नेतृत्व बालेनले गर भन्ने बहस चलिरहँदा युवाहरूले सामाजिक सञ्जालमा लेख्दै मंगलबार दिउँसो दुई बजेसम्मको समय दिएका हुन्।
‘डियर बालेन दिउँसो दुई बजेसम्म तिमी हामीसँग हुन सक्छौँ भने आउ नेतृत्व गर। नभए याद राख तिमी पनि हाम्रो नेता कहिल्यै हुन सकेनौँ,’ जेनजीको आन्दोलनमा सहभागी जनाइरहेका दिवाकार भट्टले लेखेका छन्।
उनले दिउँसो २ बजेसम्म पनि नआए बालेनसँग कुनै सम्बन्ध नरहने बताए।