0
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
जेनजीले गरेको विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनबाट १७ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । प्रहरी दमनको विरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा नेता कार्यकर्ताले मागेका हुन् ।
गृहमन्त्रीको उत्तरदायित्वप्रति प्रश्न उठाउँदै कांग्रेसका कार्यकर्ताहरुले राजीनामा माग गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य डा गोविन्द पोखरेलले गृहमन्त्री लेखकले तत्कालै राजीनामा दिनुपर्ने बताएका हुन् ।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्यो, यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्यो ।’