ट्रमा सेन्टरमा ६ जनासहित मृत्यु हुने प्रदर्शनकारीको संख्या ९ पुग्यो

0 Shares

काठमाडौं । काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुगेको छ।

ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

यो सहित उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये २ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

त्यस्तै काठमाडौँ मेडिकल कजेलमा १ जना जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार