आज तीन प्रदेशमा वर्षा हुने, यी स्थानमा भारी वर्षा सम्भावना

0 Shares

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतिर अवस्थित रहँदा देशको पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहने छ ।

देशका पहाडी भागका केही स्थानमा र तराई भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ ।

कोशी र बागमती प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यसैगरी कोशी, मधेस र बागमती प्रदेशको पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका पहाडी र तराई भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार