सेजन अध्यक्षमा भागवत भट्टराई निर्वाचित

0 Shares

काठमाडौं। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन्। भट्टराईले ११० मत ल्याएर निर्वाचित भएका हुन्।

भट्टराईका निकटतम प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ मत ल्याएका छन् भने अर्का उम्मेदवार आशा थपलियाले ४१ मत ल्याएका हुन्।

महासचिवमा कमल बस्नेतले १३९ मत ल्याएर निवार्चित हुँदा उनका प्रतिस्पर्धी अच्युत पुरीले १०४ मत ल्याएका छन्। सेजनको उपाध्यक्षमा जीवन बस्नेत र सचिवमा शंकर पण्डित निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा केशु लामिछानेले १३३ मत ल्याएर निर्वाचीत हुँदा उनक प्रत्यासी ममता थापाले १०८ मत ल्याइन्।

सदस्यहरूमा सीमा तामाङ,कमल धिताल,राजु बास्कोटा, भोजराज भण्डारी र अर्जुन तामाङ निर्वाचीत भएका छन्।

 

सम्बन्धित समाचार