0
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड बुधबार अपराह्न राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेका हुन् । भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।