राज्य व्यवस्थाबाट राजीनामा दिन बाध्य रामहरि संसदीय सुनुवाइको सभापतिमा निर्विरोध

0 Shares

काठमाडौं । संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन भएका छन् । यसअघि उनी राज्य व्यवस्था समितिबाट राजीनामा दिन बाध्य भएका थिए ।

समितिको शुक्रबार साँझ बसेको बैठकमा सभापतिमा खतिवडालाई निर्वाचित गरियोस् भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रस्ताव गरेका थिए । यस्तै, नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।

लगत्तै समितिमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले निर्विरोध सभापति चयन भएको घोषणा गरेका छन् । उनी खतिवडा निजामती विधेयकमा भएको कुलिङ पिरियड छेडखानीमा जिम्मेवार ठहर भएपछि राज्य व्यवस्था समितिबाट राजीनामा दिएका थिए ।

सम्बन्धित समाचार