सोल्टी होटल्स एण्ड रिसोर्ट्सले वीरगञ्जको ‘सोल्टी वेस्टेण्ड रिसोर्ट्स वीरगञ्ज’को व्यवस्थापन सम्हाल्ने

0 Shares

वीरगञ्ज । नेपालको अग्रणी स्वदेशी लक्जरी आतिथ्य ब्रान्ड हस्पिलाटी सोल्टी होटल्स एण्ड रिसोर्ट्सले आफ्नो समकालीन वेस्टेण्ड ब्राण्डअन्तर्गत मधेस प्रदेशमा सोल्टी वेस्टेण्ड रिसोर्ट्स वीरगञ्ज ब्राण्डमा नयाँ होटल व्यावस्थापन तथा सञ्चालन गर्ने भएको छ ।

योसँगै प्रमुख औद्योगिक तथा व्यावसायिक शहर वीरगञ्जमा आफ्नो उपस्थिति विस्तार हुने भएको छ । सोल्टीबाट व्यावस्थापन गरिने नयाँ होटेल सोल्टी वेस्टेण्ड रिसोर्ट्स वीरगञ्ज हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडको स्वामित्वमा रहेको छ ।

यसलाई सोल्टी होटल्स एण्ड रिसोर्ट्सको सुप्रशिद्ध ब्राण्ड सोल्टी वेस्टेण्ड रिसोटर्स् वीरगञ्जको नामबाट सञ्चालन गरिने भएको छ । यो होटल वीरगञ्ज महानगर १४ मा अवस्थित छ । जुन नेपालकै प्रमुख औद्योगिक तथा व्यावसायिक केन्द्रमध्येको एक हो ।

सोल्टी वेस्टेण्ड रिसोटर्स् वीरगञ्ज चाँडै नै सञ्चालनमा आउने तयारीमा रहेको छ । सोल्टी वेस्टण्ड रिसोर्ट्स वीरगञ्जले शहरको पर्यटकीय तथा कपोरेट पाहुनामा आधुनिक आतिथ्यता सेवामा नयाँ आयाम प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

अतिथिले होटेलमा विश्राम गर्दा विभिन्न स्वादका परिकार र सेवा अनुभवले भरिपूर्ण सेवा उपभोग गर्न सक्ने छन् । जसमा विभिन्न स्वाद र प्राथमिकतालाई ध्यानमा राखी तयार पारिएका भोजन तथा व्यन्जनका परिकार उपलब्ध हुने छन् । होटेलमा सुविधा सम्पन्न क्यासिनो भवनसहितको सुविधा उपलब्ध रहेको छ ।

साथै, होटलभित्र आधुनिक वार तथा विकल्पसहितको बहुआयामिक भोजन तथा व्यन्जनको विविध स्वादका परिकारले पाहुनालाई आकर्षित गर्ने छ । होटेलमा व्यवसायिक कार्यक्रम तथा सभा समारोहका लागि पर्याप्त क्षमता भएको सभाहलसहित व्यवसायिक बैठक, प्रीतिभोज तथा सामाजिक कार्यक्रम आयोजना गर्नका लागि बैठक कक्षहरू उपलब्ध रहने छन् ।

होटेलको व्यवस्थापनसम्बन्धि सम्झौतामा सोल्टी होटेल्स एण्ड रिसोर्ट्सको तर्फबाट सोल्टी होटल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाई र हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडका अध्यक्ष सुनिल कुमार खेतानबीच औपचारिक रूपमा हस्ताक्षर गरिएको छ ।

सहकार्यमार्फत सोल्टी होटेल्स एण्ड रिसोर्ट्सले आफ्नो सेवा सञ्जाललाई अझ विस्तार गर्दै आतिथ्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप शसक्त बनाएको छ । यस सहकार्यले सोल्टी होटल्स एण्ड रिसोर्ट्सको पोर्टफोलियो विस्तार गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।

सोल्टी होटेल्स एण्ड रिसोर्ट्सको तर्फबाट चापागाईले, “यो साझेदारीले सोल्टी होटेल्स एण्ड रिसोट्सको प्रमुख औद्योगिक तथा व्यावसायिक शहरमा आतिथ्य सेवाप्रवाह गर्ने विश्वासका साथ आफुनो प्रतिष्ठालाई नेपालका पर्यटकीय तथा व्यासायिक केन्द्रविन्दुमा रहेका शहरमा उत्कृष्ट पर्यटकीय तथा आतिथ्य सेवा स्थापित गर्ने हाम्रो दीर्घकालीन लक्ष्यको स्पष्ट प्रतिबिम्ब रहेको छ ।

सम्बन्धित समाचार