अहिलेसम्म सामाजिक सञ्जालले सरकारलाई तिरे ९३ करोड कर

0 Shares

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूबाट सरकारले ९३ करोड रुपैयाँ बराबर कर संकलन गरेको छ ।

डिजिटल सर्भिस ट्याक्स र मूल्य अभिवृद्धि कर ९भ्याट० बापत उक्त रकम बराबर कर तिरेको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए ।

सरकारले आर्थिक वर्ष २०७९/८० देखि सामाजिक सञ्जालहरूबाट डिजिटल सर्भिस ट्याक्स उठाउन सुरु गरेको थियो । पहिलो वर्ष कर संकलन कम थियो । दोस्रो वर्ष ५० करोड हाराहारी राजस्व संकलन भएको उनले जानकारी दिए । यस वर्षसम्म ९३ करोड रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ ।

 

सम्बन्धित समाचार