0
Shares
काठमाडौं । चीनको राजधानी बेइजिङमा आज विजय दिवस परेड आयोजना गरिएको छ । जसमा चीनले आफ्नो सैन्य शक्ति प्रदर्शन गरिरहेको छ ।
चीनकाे सैन्य शक्त प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सँगै देखिएका छन् । उनी विगत पाँच दिनदेखि चीन भ्रमणमा रहेका छन् ।
यसअघि चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उनलगायतसँगै नेपालका प्रधानमन्त्री ओली पनि सहभागी भएका हुन् ।
सैन्य परेड समारोहमा २६ भन्दा बढी राष्ट्र प्रमुखहरूको उपस्थिति रहेको बीबीसीले जनाएको छ । यसैबीच परेडअघि सी, पुटिन र किम जोङ उन सँगै देखिएका छन् । यी तीन नेता सार्वजनिक रूपमा सँगै देखापरेको पहिलो पटक हो ।
