0
Shares
गोरखा । काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
बा०१-००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका ३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।