0
Shares
काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका ३ हंशपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१५ बजे गोरखा अजिरकोट ३ हंशपुर आसपास चार रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो ।
नेपालमा पछिल्लो समय ससना रेक्टर स्केलका भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएका कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।