0
Shares
काठमाडौँ । प्रहरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनीमाथि लागुऔषध ब्राउन सुगर कारोबारमा मुद्दा दायर गरिएको थियो । सोही मुद्दामा अदालतबाट दोषी ठहरिँदा पनि उनी फरार रहेका थिए । जसपश्चात बुधबार उनी पक्राउ परेका हुन् ।
उनलाई अदालतमा उपस्थित गराइएको छ । कैद भुक्तानका लागि लामालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।