सुनको मुल्य २ लाख नाघेपछि सुनसान न्यूरोड

0 Shares

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ।

शुक्रबार सुनको मूल्यमा १२ सय रुपैयाँले वृद्धि भई प्रति तोला २ लाख ६ सय पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रभाव नेपाली सुनचाँदी व्यापारमा पनि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड कायम हुँदा न्यूरोड क्षेत्रका अधिकांश सुनचाँदी पसल सुनसान देखिएको छ भने केही पसलहरूमा भने कम ग्राहक देखिएका छन्।

 

सम्बन्धित समाचार