0
Shares
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भागका केही स्थान, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भागका थोरै स्थान तथा तराई भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका पहाडी भागका केही स्थान र तराई भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।