0
Shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २ लाख रुपैयाँको आँकडा पार गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार दुई लाख ६०० रुपैयाँ पुगेको हो ।
सुनको मूल्यमा यो हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य तोलामा एक लाख ९९ हजार ४०० रुपैयाँ थियो । आज १२०० रुपैयाँ बढेसँगै दुई लाखभन्दा माथि पुगेको हो ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा दुई हजार ३५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार दुई हजार ३६० रुपैयाँ पुगेको हो ।