लिभरपुल र आर्सनल हार्दा म्यानचेस्टरलाई फाइदा

0 Shares

काठमाडौं । इङलिस प्रिमियर लिगअन्तर्गत लिभरपुल र आर्सनलले आआफ्नो खेल हारेपछि म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति सम्पन्न खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग १-० गोलले पराजित भयो । यस्तै, आर्सनल एस्टन भिल्लासँग २-० गोल अन्तरले पराजित भएको थियो । यो हारले लिभरपुल र आर्सनललाई ठूलो धक्का लाग्न पुग्यो ।

यो सिजनको लिग अन्तिम चरणमा रहेको र तीन क्लबबीच उपाधि जितमा प्रतिस्पर्धा रहेको बेला यो हारले म्यानचेस्टर सिटीको उपाधि जित्ने सम्भावना बढेर गएको छ ।

३२ खेलपछि म्यानचेस्टर सिटीको ७३ अंक रहेको छ भने आर्सनलको ७१ अंक रहेको छ । त्यस्तै ७१ अंक नै रहेको लिभरपुलको गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ ।

सम्बन्धित समाचार