जात्रा हेर्न पोखरीको डिलमा बस्दा खसेर मृत्यु

0 Shares

काठमाडौं । मध्यपुरथिमि नगरपालिका ५ दुई पोखरीका ५० वर्षीय तुइलाल श्रेष्ठको आज पोखरीमा डुबेर मृत्यु भएको छ ।

सिन्दूर जात्रा हेर्न पोखरीको डिलमा बसेका श्रेष्ठ डिलबाट पोखरीमा खसेर डुबेलगत्तै स्थानीयले उद्धार गरी नेपाल कोरिया मैत्री अस्पताल थिमिमा उपचारका लागि लगेका थिए ।

अस्पतालले उनको मृत्यु भइसकेको जानकारी गराएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । शव शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोटमा लगेर घटनाबारे अनुसन्धान सुरु गरेको उनले बताए ।

सम्बन्धित समाचार