0
Shares
काठमाडौं । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुन चाँदीको मूल्यमा तोलामा ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य एक लाख ९५ हजार २०० कायम भएको छ । बिहीबार एक तोला सुनको मूल्य एक लाख ९४ हजार ८०० रुपैयाँ कामय भएको थियो ।
यस्तै, आज एक तोला चाँदीको मूल्य दुई हजार ३३० रुपैयाँ कायम भएको छ । बिहीबार सोही परिणमको चाँदीको मूल्य दुई हजार २९० रुपैयाँ रहेको थियो ।