प्रचण्डले भेटे रवि लामिछाने, के भयो कुराकानी?

0 Shares

ललितपुर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

उनले लामिछानेसँग भेट गरी कारागारको बसाइँबारे जानकारी लिनुका साथै बसाइँमा भएको असहजता र सहजताका विषयमा समेत चासो राखेको दाहालको सचिवालय सदस्य दिपक भण्डारीले जानकारी दिए ।

थुनामा रहेका पूर्वगृहमन्त्री लामिछानेले भैरहवा कारागारभन्दा नख्खुमा धेरै राम्रो सेवा सुविधा भएको भन्दै कारागार प्रशासनको प्रशंसा गरेको दाहालको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार