नयाँ वर्षसँगै सुनको मूल्यमा भारी गिरावट, आजको मूल्य कति ?

0 Shares

काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै सुनको मूल्य भारी गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ३६ हजार ८०० रुपैयाँ रहेको छ । शुक्रबार एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ । योसँगै चाँदी प्रतितोला एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सम्बन्धित समाचार