पहिरोमा परी दुई जनाको मृत्यु

0 Shares

म्याग्दी । रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध स्थलमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

आज दिउँसो आयोजनाको बाँधस्थल झिँ र दग्नामको सीमा क्षेत्रमा पहिरो जाँदा ढुंगा लागेर आयोजनामा कार्यरत मजदुर लालबहादुर सुनार र सुजन बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

उनका अनुसार, पाँच जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला सदरमुकाम लैजाने तयारी गरिएको छ । घटना स्थलमा मौवाफाँट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीसहित आयोजनाका अन्य मजदुरले घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले रघुगंगा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सम्बन्धित समाचार