0
Shares
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको छ ।
देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
सोमबार देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई र पहाडी भागलगायत देशको बाँकी पहाडी भागका थोरै स्थानमा तथा बाँकी तराई भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशको तराईलगायत कोशी र बागमती प्रदेशको पहाडी भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।