विदेश जाने यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा एक घन्टा अगाडि पुगिसक्नुपर्ने

0 Shares

काठमाडौं । विदेश जाने यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा कम्तीमा एक घन्टा अगाडि नै पुग्नुपर्ने भएको छ ।

अन्तिम समयमा यात्रुको चाप हुँदा कागजात परीक्षण गर्न पर्याप्त समय नहुने भन्दै कम्तीमा एक घन्टा अगाडि पुग्नुपर्ने व्यवस्था गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।

‘विशेष गरी रातिको समयमा खाडी मुलुक जाने यात्रुहरुको हकमा यो समस्या रहेछ’, उनले भने, ‘अन्तिम समयमा जाँच डेस्क अफिसरलाई समेत चेकजाँच गर्न कठिनाइ हुने हुँदा यसमा कडाइ गरिएको हो ।’

अध्यागमन विभागले शुक्रबार विमानस्थलमा खटिने सबै एयरलाइन्स कम्पनीसहित सरोकारवाला निकायबीच छलफल समेत गराएको थियो । त्यसपछि यो निर्णय लिइएको हो ।

सम्बन्धित समाचार