काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ ।
साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । मधेसलगायत कोशी र बागमती प्रदेशका तराई र पहाडी भाग तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी र बागमती प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।
मधेसलगायत कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भाग र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा तराई भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेशका तराई र पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।