महानगरले मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा चलायो डोजर, अवस्था तनावग्रस्त

0 Shares

काठमाडौं । काठमाडौंको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।

शुक्रबार काठमाडौँ महानगरीय प्रहरीको टोलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको हो । महानगरपालिकाले त्यहाँ निर्माण गरिएको नयाँ भौतिक संरचना हटाएको छ ।

मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा डोजर चलाउँदा तनाव सिर्जना भएको छ । ३ नगर प्रहरी घाइते भएका छन् ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा डोजर चलाउँदा बस्तीका बासिन्दाले ढुंगामुढा गरेका छन्, जसबाट केही नगर प्रहरी घाइते भएका छन् । डोजर प्रयोग गरेर महानगरले करिब २० देखि २५ वटा घर, टहरामा डोजर चलाइसकेको छ । अहिले पनि सो क्षेत्रमा अवस्था तनावग्रस्त रहेको र स्थितिलाई नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार