0
Shares
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले आज दोस्रो खेल खेल्ने भएको छ । मलेसियाविरुद्ध पहिलो जित निकाल्दै उत्कृष्ट सुरुवात गरेको नेपालले आज कतारसँग खेल्ने भएको हो ।
ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने खेल नेपाली समयअनुसार अपराहन्न ४ः१५ बजेदेखि शुरु हुने छ ।
नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो । यस्तै कतार भने पहिलो खेलमा हङकङसँग २६ रनले पराजित भएको थियो ।