नागढुंगा सुरुङ मार्गबाट सवारी साधन चलाउँदा पैसा तिर्नुपर्ने, कुनको कति ?

0 Shares

काठमाडौं। सरकारले नागढुंगा सुरुङ मार्गको उपभोग दस्तुर कायम गरेको छ। बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङ मार्गमार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर निर्धारण गरेको छ।

त्यस्तै, मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २६० र जाँदा २ सय रुपैयाँ तिर्नुपर्ने जनाएको छ। भारी उपकरणका सवारी साधन काठमाडौं आउँदा ६ सय र जाँदा २५० दस्तुर तोकिएको छ।

सुरुङ मार्गको आयोजना अहिले निर्माणको अन्तिम चरणमा छ। सरकारले आगामी सन् २०२६ देखि सुरुङ सञ्चालन गर्ने तयारी गरेको छ।

 

सम्बन्धित समाचार