0
Shares
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व महामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिट खारेज गरिदिएको छ । उनले रास्वपामा पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै रिट दायर गरेका थिए ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको हो ।
ढकालले अदालतमा पेश गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिइएको थियो । उनी निर्वाचन आयोगको पत्रको आधारमा अदालत पुगेका थिए ।