यसरी हेर्नुहोस् नेपाल र मलेसियाको खेल

0 Shares

काठमाडौं । ओमानमा आज शुक्रबारदेखि एसीसी प्रिमियर कप २०२४ को खेलहरू सुरु हुँदै छ । आज नेपालले आफ्नो पहिलो खेल मलेसियाविरुद्ध खेल्दै छ ।

खेल ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा दिउँसो ४ः१५ बजेदेखि सुरु हुँदैछ । १० देश सम्मिलित प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार नेपालमा कान्तिपुर टेलिभिजनले लिएको छ ।

यसअन्तर्गत कान्तिपुर टिभी र कान्तिपर टिभी म्याक्सबाट खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ । यदि, तपाईंसँग टिभीको पहुँच नभए अनलाइनमार्फत खेल हेर्न सक्नु हुनेछ ।

यसका लागि कान्तिपुर टिभीको वेबसाइट, मोबाइल एप, युट्युब च्यानल वा वर्ल्डलिंकको नेटटिभी एप (नेट टिभी)मा जान सक्नु हुनेछ । नेपालबाहिर हुनुहुन्छ भने सीधै एसियन क्रिकेट काउन्सिलको युट्युब च्यानलबाट खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिने छ ।

सम्बन्धित समाचार