जिपमाथि खस्यो पहिरो

0 Shares

काठमाडौं । पर्वतको मोदी गाउँपालिका ४ मा यात्रुबहाक जिप पहिरोमा पुरिएको छ । पर्वतको लेस्पारबाट कुश्मातर्फ जाने क्रममा जिपमाथि पहिरो खसेको हो ।

हिलोमा जिप फसेपछि माथिबाट आएको पहिरोले जिप पुरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन ।

घटना शनिबार दिउँसो भएको हो । अहिले जिप पहिरोबाट उद्धार भइसकेको छ ।

सम्बन्धित समाचार