एकीकृत समाजवादीले बोलायो बैठक,माओवादीसँग एकता गर्ने बारे छलफल गर्ने

0 Shares

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले भदौ ७ र ८ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । केही समययता नेकपा माओवादी केन्द्रसँग एकता गर्ने विषयमा दुई पार्टीका नेताबीच छलफल चलिरहेको विषयलाई बैठकको एजेण्डा बनाइने र एकता प्रस्ताव अनुमोदन गरिने उक्त पार्टीको केन्द्रीय कार्यालयस्रोतले जनाएको छ ।

केन्द्रीय कमिटी बैठकअघि ४ गते स्थायी कमिटी र ५ गते पोलिटव्युरोको बैठक बोलाइएको छ । ती बैठकमा सम्मानित नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीका विवादास्पद अभिव्यक्तिबारे पनि छलफल गर्ने एजेण्डा रहेको कार्यालयस्रोतले जनायो । यी बैठक आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय कमिटी बैठक सुकेधारास्थित मिराकल पार्टी भेन्युमा बोलाइएको छ ।

महासचिव घनश्याम भुसालले शुक्रबार बैठकका निम्ति आन्तरिक सूचना जारी गरेका हुन् ।

सम्बन्धित समाचार