चालु आर्थिक वर्षमा सञ्चालन हुनेगरी २४ वटा क्यासिनोले गरे नवीकरण

0 Shares

काठमाडौँ । चालु आर्थिक वर्ष ०८२/८३ मा क्यासिनो सञ्चालनका लागि २४ वटा क्यासिनोले नवीकरण गरेका छन् । पर्यटन विभागका अनुसार चालु आर्थिक वर्षका लागि काठमाडौं उपत्यका भित्र र बाहिर सञ्चालनमा रहेका २४ वटा क्यासिनोले सञ्चालनका लागि नवीकरण गरेका हुन् ।

नवीकरण गरेकामध्ये ५ वटा क्यासिनो काठमाडौं भित्रका, नेपालगञ्जका ५, रुपन्देहीका ५ र मोरङका २ वटा रहेका छन्। त्यस्तै, झापाको २, पर्साको २, कास्कीको १ र कपिलवस्तुको १ वटा क्यासिनोले चालु आर्थिक वर्षमा सञ्चालनका लागि नवीकरण गरेको विभागले जनाएको छ ।

सम्बन्धित समाचार