बैंगलोरमाथि मुम्बाईको शानदार जित, बुमराहले २१ रन खर्चेर लिए ५ विकेट

0 Shares

काठमाडौं । तीव्र गतिका बलर जस्प्रित बुमराहको घातक बलिङसँगै मुम्बई इन्डियन्सले जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा दोस्रो जित दर्ता गरेको छ । लगातार पराजितपछि शानदार कमब्याक गर्दै मुम्बाईले रोयल च्यालेन्जर्स बैंगलोरलाई सात विकेटले पराजित गरेको हो ।

कूल १९७ रनको लक्ष्य मुम्बईले १५.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका लागि इशान किशनले ३४ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए ।

सूर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्कासहित ५२ रन बनाउँदा टोलीका पूर्वकप्तान रोहित शर्मा ३८, हार्दिक पान्ड्या २१ र तिलक बर्मा १६ रन बनाए । बेंगलोरका आकाश दीप, विजयकुमार वैश्यक र विल ज्याक्सले १र१ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । बैंगलोरका कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाएका थिए ।

रजत पाटिदार ५० रनमा आउट भए । दिनेश कार्तिकले ५३ रनमा नट आउट रहे । विराट कोहली ३, विल ज्याक्स ८ र ग्लेन म्याक्सवेल शून्यमा आउट भए । मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । जेराल्ड कोट्जी, आकाश माधवाल र श्रेयस गोपालले १ १ विकेट लिए ।

 

सम्बन्धित समाचार