३० अर्ब ठगी प्रकरणमा अनिल अम्बानी विरुद्ध ‘लुक आउट नोटिस’ जारी

0 Shares

काठमाडौं । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले उद्योगपति अनिल अम्बानी विरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेको छ । मुद्रा निर्मलीकरण (मनि लण्डरिङ) को विषयमा मंगलबार १० घण्टासम्म बयान लिए लगत्तै ईडीले उक्त सूचना जारी गरेको छ ।

उक्त सूचना लगत्तै देशभरका अन्तराष्ट्रिय विमानस्थल, प्रहरी कार्यालयहरु र सीमा नाकाहरुमा सर्तकता अपनाइएको छ । कुनै संदिग्ध अभियुक्त देश छोडेर भाग्न सक्ने आशंका लागेमा सम्वन्धित सरकारी निकायले त्यसरी सूचना जारी गर्ने गर्छन् ।

भारतका सबैभन्दा धनी मुकेश अम्बानीका भाई तथा रिलायन्स ग्रुपका अध्यक्ष अनिल विरुद्ध ३० अर्ब भारतीय रुपैयाँ अपचलनको विषयमा उजुरी परेपछि ईडीले छानबिन शुरु गरेको थियो । त्यसक्रममा उनका कैंयौं उद्योग र व्यवसायीक फार्महरुमा छापा मारिएको थियो भने मंगलबार बयानको लागि बोलाइएको थियो ।

बिहान ११ बजेबाट शुरु भएको बयान राती ९ बजेसम्म चलेको थियो । उक्त बयान लगत्तै ‘लुक आउट नोटिस’ जारी भएकोले ईडी अम्बानीको बयानबाट सन्तुष्ट नभएको बरु पक्राउ पर्न सक्ने डरले विदेश भाग्न सक्ने अनुमान गरेको भारतीय संचारमाध्यहरुले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार