0
Shares
कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार शुक्लाफाँटा नगरपालिका ११ स्थित पूर्वपश्चिम राजमार्गमा धनगढीबाट महेन्द्रनगर आउँदै गरेको सुप प्र ०२ ००३ प ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
घटनामा शुक्लाफाँटा नगरपानलिका ७ पीताम्बरका ४४ वर्षीय गजेन्द्रबहादुर कुवँरको मृत्यु भएको हो ।
टाउकोमा गम्भीर चोट लागेका कुवँरको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी बोहराले बताए ।