पहिराले मध्य पहाडी लोकमार्ग अवरुद्ध, अलपत्र सवारी साधान

0 Shares

काठमाडौं । बागलुङको काठेखोला गाउँपालिका ६ ताराखसेमा पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको सडकमा आवतजावत अवरुद्ध हुँदा गए रातिदेखि लामो तथा छोटो दूरीका सवारी साधान चल्न सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार सडकमा लेदोसहितको पहिराले पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङबाट पोखरा, काठमाडौंलगायतका स्थानमा जाने सवारीसाधान रोकिए हुन् ।

उनले भने, ‘सडक खुलाउने प्रयास भइरहेको छ, राति पहिराले सडक अवरुद्ध भएपछि हामीलाई फोन आएको थियो, हामीले तुरुन्तै प्रहरी टोली पठायौँ, तर सडक खुलाउन सकिएन, अहिले पहिरो पन्छाएर सवारी आवागमन गराउनका लागि लोकमार्ग कार्यालयसँग छलफल भइरहेको छ, सडक खुल्न अझै केही समय लाग्ने देखिन्छ ।’

सम्बन्धित समाचार