0
Shares
काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।
उनी बैकिङ कसुरमा २५ लाख र राज्यविरूद्धको अभियोगमा तीन लाख धरौटी बुझाएर रिहा भएका हुन् ।
उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले उनलाई धरौटी मागेको हो ।
उनी तत्काल निर्दोष रहेछन् भन्ने भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको भन्दै अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो ।
साथै उच्च अदालत पाटनले सोमबार उनलाई १५ चैतमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा समेत धरौटीमा छाड्न आदेश दिएको हो ।